ढुङ्गाले च्यापेर एक जनाको ज्यान गयो, एक घाइते

 बैशाख १९, २०७६ बिहिबार २०:२३:९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ स्वर्गद्वारी आश्रमनजिकै पोखरी बनाउन ढुङगा निकाल्ने क्रममा ढुङगाले च्यापेर बिहीबार दिउँसो एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

ज्यान जानेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ मिझिङका २३ वर्षका रेगबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी निर्मल वुढाथोकीले जानकारी दिनुभयो । घटनामा परि रोल्पाको त्यसै ठाउँकै २१ वर्षका केशरबहादुर विष्ट घाइते भएका छन् ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया