भक्तपुरमा एक युवकको हत्या

 असार १७, २०७५ आइतबार १९:२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – चाँगुनारायण नगरपालिका –८, जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या भएको छ । 

चाँगुनारायण नगरपालिका ८ जितपुर टावर स्थित दिनेश खड्काको घरको दोस्रो तलामा डेरा गरी बस्ने राजेन्द्र चौधरीको कोठामा जितपुरका कार्कीको हत्या भएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिष्सर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

घटनाबारे आज उहाँले जानकारी दिँदै धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी कार्कीको हत्या गरेको खुल्न आएको बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दै हत्यामा संलग्नको खोजी कार्य सुरु गरेकोे जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया