सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

 बैशाख २३, २०७६ सोमबार १०:३१:४१ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर १११ रुपैयाँ ०५ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २३ पैसा छ । सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६६ पैसा र बिक्रीदर २६ रुपैयाँ ८१ पैसा छ । 

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २९४ रुपैयाँ ५३ पैसा छ । 

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया