दाङमा ६ वटा घर र दुई वटा गोठमा आगलागी, ३१ लाख बराबरको क्षति

 बैशाख २५, २०७६ बुधबार १२:४८:० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ- घोराही उपमहानगरपालिका १ माले गाउँमा रहेको छ वटा घर  र २ वटा गोठमा आगलागी भएको छ । आगलागीबाट झण्डै ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

घोराही उपमहानगरपालिका १ को सल्लीकोट महिला सामुदायिक वन क्षेत्रबाट आएको आगो मंगलबर राति गाउँमा पसेकोजिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

तल्लो मालेका चुमान सिंह विष्टको घरगोठ जल्दा करिब ६ लाख रुपैयाँको क्षति भएको छ ।  त्यसैगरी गमबहादुर गमालको दुई वटा घरमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

अर्का स्थानीय टुकमान गमालको टिनले छाएको एउटा घर जल्दा सात लाख र श्यामलाल विष्टको दुई वटा घर तथा एउटा गोठ जल्दा सात लाख बराबरको क्षति भएको दाङका प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिनुभयो । 

आगलागीको सूचना पाउनासाथ प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक केशवसिंह धामीको नेतृत्वमा पुगेको प्रहरी र स्थानीयहरुले आगो नियन्त्रणमा लिएका थिए ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया