चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
चितवन – चितवनको कालिका नगरपालिका क्षेत्रमा पर्ने शक्तिखोरमा १ हजार ७ सय ४१ बिघामा ३६ अर्ब लगानीमा औद्योगिक क्षेत्र (पार्क) बन्ने तयारी भएको छ ।
यो पार्क सन २०२२ सम्ममा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । १ लाख ५ हजारले प्रत्यक्ष रोजगारी पाउने यस औद्योगिक क्षेत्रलाई अहिले औद्योगिक पार्क नाम दिइएको छ ।
हरियाली सहितको यस क्षेत्रमा विश्वकै चर्चित उद्योगहरुको नमूनासमेत रहने गरी योजना बनेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले बताउनुभयो । यस पार्कमा लगभग ७ सय उद्योग स्थापना हुने लक्ष्य राखिएको छ । पार्कमा कर्मचारी आवास सुविधा, हेलिप्याड, हस्पिटल, प्राविधिक शिक्षालय सञ्चालन हुनेछन् ।
औद्योगिक क्षेत्रको डीपीआर सकिएसँगै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को कार्य अगाडि बढाइएको छ । औद्योगिक क्षेत्र चितवन वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजु काठमाण्डौको आयोजना एवं इकोकोड-डिजिकोन जे.भी. ज्वागल, ललितपुर परामर्शदाता रही सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो ।
भइरहेको सेवा सुविधा नमासिने बरु स्थानीयले उद्योग स्थापना भएपछि थप सेवा सुविधा पाउने बताउँदै औद्योगिक क्षेत्र विकास लि.का नन्द किशोर बस्नेतले ३६ अर्बको यस परियोजनाको डीपीआर २ वर्षको अवधिमा सकिएकोले सुविधासम्पन्न औद्योगिक क्षेत्र छिटै बन्नेमा कुनै शंका नरहेको बताउनुभयो । हरेक प्रदेशमा एउटा औद्योगिक क्षेत्र विकास गर्न लागिएको भन्दै उहाँले यस ठाउँमा उद्योग सचालनका लागि उद्योगीहरु तयारी रहेको बताउदै उहाँले एक रुख कटान बरावर २५ रुख रोपिने उनले जानकारी गराउनुभयो ।
कालिका नगरापालिका शक्तिखोरमा निर्माण हुन लागेको औद्योगिक क्षेत्रबारे स्थानीयले बढी चासो दिएका छन् । विकासका नाममा सजिलै उपलब्ध हुँदै आएको खानेपानी, सडक जस्ता पूर्वाधार मास्ने काम भइरहेको भन्दै स्थानीयले औद्योगिक क्षेत्रको विकास हो की स्थानीयको उठिवास भनी जिज्ञासा राखेका हुन् ।
शक्तिखोरमा औद्याेगिक क्षेत्र स्थापना भइरहँदा आसपासका स्थानीयले खानेपानी, सडक, कुलो, चिहान, वनजंगल आदिको अवस्था कस्तो हुने बिषयमा चासो राखेका छन् ।
रोजगारीमा स्थानीयको सहभागिता, लगानीमा शेयरको सहभागिता, उद्योगहरुबाट निस्कने फोहोरको व्यवस्थापनबारे पनि उनीहरुको चासो राखेका छन् । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले आफूहरुको लक्ष्य पनि विकास नै रहेको भन्दै केन्द्र, स्थानीय वा प्रदेश जसले विकास गरे पनि जनताको हित हुने पक्षमा गरिनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।
Raju Shrestha
May 18, 2019, 11:39 p.m.शक्तिखोर औद्याेगिक क्षेत्रमा मान्छे उत्पादन गर्नी होला - अरब, मलेसिया, जापान, कोरियाका लागि !!
Nabin Dhital
May 15, 2019, 1:56 p.m.Again occupied huge area of protected forest in Chitwan to build concrete jungle. It is shameless communist government of Nepal having no sense of ecology at all.
Sp Neupane
May 14, 2019, 6:46 p.m.सकारात्मक लेखनको लागि धन्यवाद,राधेश्याम लाइ