भारत हुँदै तेस्रो देश जान नेपाली दूतावासको सिफारिस पत्र अनिवार्य

 बैशाख ३१, २०७६ मंगलबार १७:१७:११ | उज्यालो सहकर्मी

काठमाण्डौ – भारत हुँदै तेस्रो देश जानेलाई अबदेखि नेपाली दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन लेटर) अनिवार्य गरिएको छ । 

भारतीय अध्यागमनबाट लिनुपर्ने इमिग्रेसन क्लियरेन्सका लागि भारतस्थित नेपाली दूतावासको सिफारिस पत्र अनिवार्य चाहिने भारतस्थित नेपाली दूतावासले जनाएको छ । 

वैदेशिक रोजगारीमा जाने कामदारको हकमा भने दूतावासबाट सिफारिस पत्र लिनका लागि वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी गरिएको श्रम स्वीकृति अनिवार्य गरिएको छ । 

नो अब्जेक्सन लेटरका लागि आवेदन दिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुन नसकेमा इमेलमार्फत पनि निवेदन दिन सकिने दूतावासले जनाएको छ । 


 

अन्तिम अपडेट: फागुन २८, २०८०

1 Comments

  • Deepak

    May 15, 2019, 7:13 a.m.

    यो कस्तो बौलाह प्राबधान हो कतै नभएको जात्रा हांदी गाउँ मा अब कुनै कार्यक्रम को लागि भारत को port प्रयोग गरेर जानु पर्‍यो भने no objection लिनु पर्ने वाह् क्य लोक तन्त्रको सहुलियोत्

  •  0 Reply

तपाईको प्रतिक्रिया