फिलिपिन्स : राष्ट्रिय गान गाउँदै गर्दा मेयरको गोली हानी हत्या

 असार १८, २०७५ सोमबार २०:२४:२७ | एजेन्सी

फिलिपिन्सका एक जना विवादास्पद मेयरलाई झण्डोत्तलन कार्यक्रमका समयमा गोली हानी हत्या गरिएको छ । 

राजधानी मनिलाको दक्षिणमा रहेको तानाउवान शहरका मेयर एन्टोनिओ हलिलीलाई  राष्ट्रिय गान गाइरहेको बेला गोली हानी हत्या गरिएको हो । मेयरमाथि गोली हानिएपछि छेउमा बसेका मानिसहरु कराउँदै भागेको भिडियो दृश्य सार्वजनिक भएको छ । हलिली लागुऔषध कारोबारीहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुने गरेको बताइन्छ । साथै उनीविरुद्ध लागुऔषध कारोबारलाई संरक्षण प्रदान गरेको आरोप पनि लाग्दै आएको थियो । 

गोली हान्ने भन्ने भाग्न सफल भएको र उनीहरुको पहिचान अहिलेसम्म नभएको प्रहरीले बताएको छ । एक सय ५० मिटर टाढाबाटै फायरिङ गरेकाले शुटरको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

सन् २०१६ मा फिलिपिन्स सरकारले लागुऔषध कारोबारीविरुद्ध कडा अभियान चलाएपछि चार हजार भन्दा बढी संदिग्ध मारिएका छन् । मानव अधिकारवादी संस्थाहरुले फिलिपिन्समा चलिरहेको ‘ड्रग वार’ मा १२ हजार भन्दा बढी मारिएको बताएका छन् । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया