दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - सगरमाथाको सफाइ गरी ४ हजार किलो फोहोर संकलन गरेर काठमाण्डौ ल्याइएको छ ।
वैशाख १ गतेदेखि लुक्लाबाट खुम्बु पासाङ ल्हामू गाउँपालिकाको नेतृत्वमा सुरु भएको सफाइ अभियानबाट ४ हजार किलो फोहोर संकलन गरेर काठमाण्डाै ल्याइएको सगरमाथा सफाइ अभियानले जनाएको छ ।
सफाइ टोली अहिले सफाइ गर्दै सगरमाथा बेसक्याम्प, क्याम्प १, क्याम्प २, क्याम्प ३ र क्याम्प ४ हुँदै साउथपोलसम्म पुगेको छ । यसबीचमा काठमाण्डौ ल्याइएको मध्ये १ हजार किलो फोहोर व्यवस्थापनका लागि ब्लू ओष्ट टु भ्यालु संस्थालाई दिइएको छ । ३ हजार केजी फोहोर त्रिभुवन विमानस्थमा रहेकाे नेपाली सेनाको १४ नम्बर वाहिनीमा राखिएको छ ।
यस्तै सगरमाथा संकलन र आरोहणका क्रममा ज्यान गुमाएका शव संकलन गर्न १२ जना शेर्पा खटाइएको छ । उनीहरुले ४५ दिन काम गर्नेछन् । अहिलेसम्म केही शव देखिए पनि सगरमाथा चढ्न जानेहरुको भिडका कारण शव संकलन गर्न नसकिएको पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेले जानकारी दिनुभयो ।अवस्था केही सहज भएपछि शव संकलनको काम अघि बढाईने उहाँले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत बेस क्याम्प वरपरबाट ५ हजार, साउथ पोलबाट २ हजार र क्याम्प २ र तिनबाट ३ हजार किलो फोहोर संकलनको लक्ष्य राखिएको छ ।
अहिले क्याम्प १ र २ बाट २ हजार किलो र बेसक्याम्प वरपरबाट १९ सय किलो फोहोर संकलन गरिएको छ । यस्तै क्याम्प ४ र साउथ पोलबाट ४११ किलो फोहोर संकलन गरिएको छ । यस्तै गोरप्सेक क्षेत्रबाट संकलन भएको १२३० किलो फोहोर कालापथ्थरमा राखिएको छ ।
संकलन भएको फोहोर सगरमाथा दिवसको दिन जेठ १३ गते नाम्चे र काठमाडौमा प्रदर्शनीमा राखिनेछ । रिसाइकल गर्न मिल्ने फोहोर फेरि प्रयोग गरिनेछ ।
खर्च २ करोड ३२ लाख
सगरमाथा सफाइको लागि २ करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान छ। संकलनका लागि पर्यटन मन्त्रालयले ३ लाख, वन मन्त्रालयले ५० लाख, प्रदेश १ को पर्यटन मन्त्राल ले २५ लाख रुपैयाँ दिएका छन् ।
यस्तै खुम्बु पासाङ ल्हामू गाउँपालिकाले ३० लाख, पर्यटन बोर्डले ३० लाख, भिजिट नेपाल २०२० ले २० लाख, नेपाल पर्वतारोहण संघले २० लाख, कोकाकोलाले ४० लाख, बोटलर्स नेपालले १० लाख, डब्ल्यू डब्ल्यू एफबाट २० लाख, प्रभु बैंकले १० लाख, एनसीसी बैंकले १० लाख र नबिल बैंकले ५ लाख रुपैयाँ सहयोग गरेका छन ।
दुर्घटनाको सम्भावित अवस्थालाई ख्याल गरेर रेस्क्यु टोली र हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।