प्रदेश १ मा डेढ खर्ब लगानी गर्दै एशियाली विकास बैंक

 जेठ ४, २०७६ शनिबार ८:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - प्रदेश नम्बर १ अन्तर्गतका मुख्य शहरको वृहत्तर विकासको लागि एशियाली विकास बैंकले डेढ खर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

आगामी तीन वर्षभित्रै आयोजना सुरु गर्ने गरी बैंकले लगानी गर्न लागेको हो । बैंकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाण्डौमा सरोकारवाला स्थानीय तहका प्रमुखहरुसँग छलफल चलाएको छ ।

प्रदेश नम्बर १ मा यति ठूलो रकम एकै पटक एशियाली विकास बैंकले लगानी गर्न लागेपछि स्थानीय तह हौसिएका छन ।  विराटनगर, दुहवी, इटहरी, इनरुवा, धरान र दमक शहरको स्तरवृद्धिको लागि याे लगानी हुन लागेको हो  ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आगामी डेढ वर्षभित्रै योजना छनौट गरी सरोकारवाला नगरपालिकासँग सहकार्य गरेर डीपीआर तयार हुनेछ ।

यो बजेटबाट सम्बोधन हुने गरी विराटनगरको विकासका लागी प्राथमिकतामा परेको विराट राजाको दरवारको संरक्षण, रिङरोडको निर्माण, विराटनगर बिमानस्थलको स्तराेन्नती, कोशी अस्पातालको स्तराेन्नती, डंग्राहामा फोहर प्रशोधन केन्द्रको निर्माण, नहरको सडकलाई वाइपास सडक  निर्माणको प्रस्ताव पेश  गरिएको विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले बताउनुभयाे ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया