भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो

 फागुन १७, २०८१ शनिबार १७:५६:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा फसेकामध्ये चार जना मजदुरको ज्यान गएको छ । हिमपहिरोमा फसेका ५५ मध्ये ५० जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

हिजो दिउँसो बद्रीनाथ धामको नजिक मनामा हिमपहिरो गएको थियो । सीमा सडक सङ्गठन (बीआरओ) को सडक निर्माणमा खटिएका मजदूर हिमपहिरोमा फसेका हुन् ।

हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । फसेका मानिसहरुलाई निकाल्न छ वटा हेलीकप्टर प्रयोग भएका छन् । एक जनाको खोजी भइरहेको भारतीय सेनाले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया