१८ वर्षदेखि फरार संगठित अपराधका अभियुक्त बर्दिवासबाट पक्राउ

 जेठ ४, २०७६ शनिबार १७:४४:२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - प्रहरीले दर्जनौं सङ्गठित अपराधमा संलग्न भइ १८ वर्षदेखि फरार रहेका अभियुक्तलाई लालबन्दी-२ पुर्नवासबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–२ पुर्नवासका ४५ वर्षीय सञ्जिव पासवान रहेका छन् । उनलाइ शुक्रबार दिउँसो आफ्नै घरबाट पक्राउ परिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दनुभयो।

पासवानलाई शनिबार जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । उनी २० वर्षको उमेरदेखि आपराधिक घटनामा संलग्न रहँदै आएको प्रहरीले जनाएकाे छ। उनले २०५७ सालमा पहिलो पटक लुटपाट गरेको र त्यसपछि विभिन्न स्थानमा लुटपाट गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

पासवानले सर्लाही, सिन्धुली, महोत्तरी, सिरहा, रुपन्देही र भारतमा समेत लुटपाट गरेका छन् । उनले २०७४ सालमा हरिपुर नगरपालिका–९ का सुनचाँदी व्यवसायी कविलासी नगरपालिका–२ घर भएका सुनिल साहको गोली हानी हत्यासमेत गरेका थिए भने २०७५ साल असोज २० गते ईश्वरपुर नगरपालिका–१३, बाँकेकाे जङ्गलमा सहकारीका सञ्चालक धनेश्वर महतोको साथबाट नौ लाख ९० हजार लुटपाट गरेको प्रहरीले जनाएको छ ।

यस्तै, महोत्तरीमा दुईवटा डकैती, सिरहा, सिन्धुली र रुपन्देहीमा तीनवटा लुटपाट र भारतको विभिन्न स्थानमा ११ पटक लुटपाट संलग्न हुनका साथै सवारी चालक अनुमति पत्रमा समेत किर्ते गरेको पाइएको छ । पासवान डकैती मुद्दामा रुपन्देहीबाट पक्राउ परी तीन वर्ष कारागार बसेर छुटेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया