ललितपुरमा गजलकार गुलाम अलीको प्रस्तुती
चैत ३, २०८१ आइतबार
काठमाडौं - बाढी र पहिरोमा परेर देशका विभिन्न ठाउँमा गरेर सोमबार ११ जनाको ज्यान गएको छ ।
रोल्पामा लगातारको वर्षाका कारण घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापिरहेकी सुत्केरी कमला विक, उहाँकी १८ दिनकी छोरी आयुसा र छिमेकी १५ वर्षीया चित्रा विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो । सोमबार बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्किएर घर पुरेको हो ।
बाँकेमा बाढीमा परी चारजनाको ज्यान गएको छ । बैजनाथ गाउँपालिका ५ गुरुवागाउँका ३५ बर्षिय लोकबहादुर सुनार र ६५ वर्षीय तुलाबहादुर बुढाको ज्यान गएको । यस्तै घर नजिकै आएको बाढीले बगाएर ४ वर्षका बालक रञ्जित पासीको पनि ज्यान गएको छ । डुडुवा गाउँपालिका २ जाफरपुरवाका राम नारायण यादवकी ४ वर्षीया छोरी रिमादेवी यादवको घर नजिकैको खाल्डोमा डुबेर ज्यान गएको हो ।
पर्साको पर्सागढी नगरपालिका ४ मा बाढीले बगाउँदा एक किशोरीको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । १५ वर्षीया प्रतिमा रामको ज्यान गएको हो भने १५ वर्षीय सुरेन्द्र महतो बेपत्ता हुनुभएको छ । बेपत्ता भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको धर्मस्थली महादेव खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ । कच्ची घर भत्किँदा कैलालीको गोदावरी नगरपालिकामा एक जनाको ज्यान गएको छ ।
सिन्धुलीमा पनि बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।