१२ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

 असार १९, २०७५ मंगलबार ६:३७:३१ | रासस
unn.prixa.net

चितवन – दनारायणगढ मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ ।

सोमबार बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएका सडक साँझ ८ बजेबाट सञ्चालनमा आएको हो । आइतबार साँझदेखि आएको वर्षाका कारण अवरुद्ध सडक पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

वर्षाका कारण बिहानदेखि चार किलो, टोपेखोला, चेपाङ् डाँडा, कालिखोला, मुग्लिन डाँडा लगायतका ठाउँमा पहिरो खसेर अवरुद्ध सडक साँझ अबेर मात्र पहिरो पन्छाएर सञ्चालनमा आएको हो । पहिरोका कारण रोकिएका सवारी साधन सडक सञ्चालनमा आएसँगै गन्तव्यतर्फ लागेका छन् ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया