रुपन्देहीमा औषधि उद्योगमा आगलागी

 जेठ ६, २०७६ सोमबार १८:४८:५९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही - रुपन्देहीमा रहेको एसियन फर्मास्यूटिकल औषधि उद्योगमा आगलागी भएको छ ।

ओमसतिया गाउँपालिका वडा नम्बर १ खुन्सामा रहेको औषधि उद्योगमा आगलागी भएको हो । कम्पनीका कार्यकारी अध्यक्ष हुतानन्द खनालका अनुसार कम्पनीबाट उत्पादित झण्डै ३० करोडको औषधिमा क्षति पुगेको छ ।

२ वटा दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि कपिलवस्तु , भैरहवा र परासीबाट दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया