मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो

 जेठ ७, २०७६ मंगलबार १०:२४:१५ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार स्थिर रहेको अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ मंगलबार केही पैसा घटेको छ ।

आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २८ पैसा र बिक्रीदर १११ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६६ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसा छ । हिजो सोमबार खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा रहेको थियो ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ । सोमबार खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा थियो ।

यस्तै कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६२ पैसा तोकिएको छ । हिजो खरिददर ३६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ५३ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ १८ पैसा र बिक्रीदर २९६ रुपैयाँ ७७ पैसा छ । हिजो खरिददर २९७ रुपैयाँ २४ पैसा र बिक्रीदर २९८ रुपैयाँ ८३ पैसा थियो ।

कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया