रामेछापमा स्थानीय तहको आर्थिक साझेदारीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी तालिम

 जेठ ८, २०७६ बुधबार १७:२६:३१

सागरबिक्रम बस्नेत  

रामेछाप – रामेछापमा स्थानीय तहको आर्थिक साझेदारीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी तालिम गरिएको छ । मन्थली नगरपालिका–९ पुरानागाउँमा बाङगेसल्ला युवा समाजले वैदेशिक रोजगारी बारे २ दिने तालिम आयोजना गरेको हो । 

वडाका युवाको वैदेशिक रोजगारीमा जाने दर बढ्दै गएकाले सुरक्षित वैदेशिक रोजगारीको बिषयमा तालिम गरिएको आयोजक संस्थाका महासचिव हस्तलाल तामाङले जानकारी दिनुभयो । 

वडाबाट दिेशमा जाने धेरै यवा सीप, सूचना र तालिम नलिई विदेश जाने गरेकाले वैदेशिक रोजगारीमा जान चाहने यूवालाई गाउँतहमा नै सूचना दिने, वैदेशिक रोजगारीमा गएकाहरुको परिवारका सदस्यलाई पनि यो विषयमा जानकारी पुर्‍याउने उद्देश्यले वडाको बजेटले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

दुईदिने तालिममा वैदेशिक रोजगारीका लागि विदेश जाने व्यक्तिले ध्यान दिनुपर्ने कुरा, वैदेशिक रोजगारीका बिषयमा समस्या उजुरी गर्ने ठाउँ लगायत बिषयमा सुरक्षित आप्रवासन कार्यक्रम रामेछापका कार्यक्रम संयोजक सागर बिक्रम बस्नेत र सामी हेल्भेटासका कार्यक्रम अधिकृत भोजराज सुनुवारले सहजीकरण गर्नुभएको थियो । तालिममा ५० जना युवा सहभागी छन् । 

रामेछाप जिल्लामा समुदायमा आधारित सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी कार्यक्रम मन्थली नगरपालिका, गोकुलगंगा, उमाकुण्ड र दोरम्बा गाउँपालिकाको आर्थिक साझेदारीतामा चारघरे सेवा समितिमार्फत सञ्चालन भएको छ । यस्तै सामी÷हेल्भेटास, सीएमसी नेपाल र मन्थली नगरपालिकाबीचको साझेदारीतामा आप्रवासी स्रोत केन्द्र सञ्चालन भइरहेको छ ।  
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया