वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
चितवन – कालिका नगरपालिका –१ लंका लाइनमा आफ्नै घरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । चितवन प्रहरीका अनुसार ४७ वर्षीय कुमारसिंह श्रेष्ठ मृत भेटिएका हुन् ।
शनिबार बेलुकी परिवारलाई घर आउन ढिला हुने बताउनुभएका श्रेष्ठ बिहान आफ्नै घरमा मृत भेटिनुभएको हो । श्रेष्ठले लगाएको चार तोलाको सुनको सिक्री र दुई तोलाको सुनको औंठी हराएकाले कसैले हत्या गरेको प्रहरीको अनुमान छ ।
घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।