ढुङ्गा प्रहार गरेर हत्या

 जेठ १४, २०७६ मंगलबार १७:२:३४ | सुमन गुरुङ

कास्की - कास्कीको ओखरबोटमा मंगलबार ढुंगा प्रहारबाट एक जनाको हत्या भएको छ ।

माछापुच्छ्रे गाउँपालिका-७, ओखरबोटका ६५ वर्षीय सन्ते विकले स्थानीय ५२ वर्षका गोरे भनिने मानकाजी विकको हत्या गरेका हुन् । बिहान १० बजे नातिनीलाई विद्यालय पुर्‍याएर फर्कने क्रममा बाटो कुरेर ढुङ्गाले हानेर सन्तेले उनको हत्या गरेका  हुन् । हत्यारा सन्ते विक मृतकका भिनाजु हुन् ।

उनीहरुबीच पहिले पनि सामान्य झगडा हुने गरेको स्थानीयको भनाइ छ । हत्या आरोपमा सन्ते विक पक्राउ परेका छन् भने घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीका डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । 

मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया