न्यूजिल्याण्डका पूर्व कप्तान म्याक्कुलमले विश्वकपबारे गरे यस्ताे भविष्यवाणी !

 जेठ १८, २०७६ शनिबार ११:४३:२८ | एजेन्सी
unn.prixa.net

आईसीसी विश्वकप सुरु भएसँगै यो पटकको विश्वकप कसले जित्छ भनेर धेरै कौतुहल र भविष्यवाणी हुन थालेका छन् ।

यस्तैमा न्यूजिल्याण्डका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन म्याक्कुलमले पनि भविष्यवाणी गरेका छन । उनका अनुसार आयोजक इंग्ल्याण्डसँगै भारत र अष्ट्रेलिया सेमिफाइनल पुग्ने भविष्यवाणी गरेका छन । यसका साथै उनले राम्रो रनरेट चौथो हुने टिमको नाम भने खुल्ला राखेका छन् । 

उनका अनुसार चौथो स्थानमा न्यूजिल्याण्ड, वेष्ट इन्डिज, दक्षिण अफ्रिका वा पाकिस्तान पुग्ने बताएका छन । ३७ वर्षीय म्याक्कुलमले अफगानिस्तानले पहिलो पटक विश्वकपमा श्रीलंका र बंगलादेशलाई हराउने बताएका छन । उनका अनुसार विश्वकपमा यसपटक पुछारमा रहने टिममा श्रीलंका र बंगलादेश हुनेछन् । किवीका पूर्व कप्तानको भविष्यवाणीमा अष्ट्रेलियाका पूर्व कप्तान मार्क वाले पनि समर्थक जनाएका छन । 

म्याक्कुलमले इंग्ल्याण्ड नौ खेलमा आठ खेल जित्ने दाबी गरेका छन । उनले त्यो एक खेल अष्ट्रेलियाविरुद्ध हुने समेत बताए । अभ्यास खेलमा इंग्ल्याण्ड अष्ट्रेलियासँग पराजित भएको थियो । यस्तै विराट कोहलीको टिम भारत इंग्ल्याण्डसँग हार्न सक्ने अनुमान गरेका छन् । 

म्याक्कुलमका अनुसार भारतले लिग चरणमा नौ खेलमा आठमा जित निकाल्न सक्ने बताए । यता अष्ट्रेलियाले लिगमा तीन खेलमा हार्ने, जसमा वेष्ट इन्डिज, भारत र पाकिस्तानसँग हार व्यहोर्नुपर्न सक्ने अनुमान छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया