राम्रो, नराम्रो जे गर्दा पनि विरोध गर्ने प्रवृत्ति बढ्दै गएको छ : प्रधानमन्त्री ओली

 जेठ १८, २०७६ शनिबार १८:६:३९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नकारात्मक प्रवृत्ति बढ्दै गएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

पोखरामा नेपाल स्काउटको राष्ट्रिय रोभर मुट (युवा सम्मेलन) को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राम्रो गर्दा पनि नराम्रो गर्दा पनि विरोध गर्ने प्रवृति बढ्दै गएको बताउनुभयो ।

उहाँले राष्ट्रिय भावना भन्दा क्षेत्रीय, जातीय तथा अनेक प्रकारका सङ्कीर्ण भावनाहरु बढ्दै गएको भन्नुभयो । ‘एउटा देश, एउटा राष्ट्र, एउटा देशको एउटा सरकार हुन आवश्यक छ,’ उहाँले भन्नुभयो । 

पोखरामा शुक्रबारदेखि सञ्चालन भएको प्रथम राष्ट्रिय रोभर मुटमा १४ देशका झण्डै चार हजार पाँच सय युवाहरुको सहभागिता रहेको छ । नेपाल स्काउटको आयोजना गरेकाे मुटमा पोखराको केदारेश्वर र कोमागाने पार्कमा टेण्ट टाँगेर युवाहरु बसेका छन् । 

१६ देखि २५ वर्षसम्म उमेर समूहका युवाहरुले केही नयाँ ज्ञान, सीप सिक्नुका साथै विभिन्न साहसिक खेलमा सहभागी हुने कार्यक्रम संयोजक राधाकृष्ण धितालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया