पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
रुपन्देही - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के पी शर्मा ओलीले प्रेस , न्यायपालिका र मानवअधिकार आयोगमाथि आक्रमण केन्द्रित गरेको आराेप लगाउनुभएको छ ।
उहाँले मिडिया, आयोग र न्यायपालिकामाथि आक्रमण केन्द्रित गर्नु सर्वसत्ताबादको बाटोबाहेक केही नभएको बताउनु भयो ।
नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै सभापति देउवाले सरकारले गरेका जनविरोधी कृयाकलाप सार्जवनिक हुने डरले प्रधानमन्त्री ओलीले मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारिताको घाँटी निमोठ्न लागेको आरोप लगाउनु भयो ।
लोकतन्त्रविरुद्ध हुने सबै खाले आक्रमणको प्रतिरोध गर्न कांग्रेस तयार रहेको भन्दै सभापति देउवाले जनताको अधिकार खोस्ने र सर्वशक्तिमान बन्ने धृष्टता नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुभयो । निरंकुस बन्न खोज्दा राजा ज्ञानेन्द्रको हविगत के भयो भन्ने हेक्का राख्न पनि देउवाले सुझाव दिनुभयो ।
सभापति देउवाले मिडिया काउन्सिल विधेयक संसदबाट कुनै पनि हालतमा पास हुन नदिने स्पष्ट पार्नुभयाे । कार्यक्रममा महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी चुनावमा पहिलो पार्टी बनाउने गरी अगाडि बढ्न कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।