सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
कास्की - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाममा बनेकाे रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
शनिबार पोखरा सभागृहमा उहाँले प्रतिष्ठानको उद्घाटन गर्नुभएको हो । उद्घाटनपछी बोल्दै प्रम ओलीले स्वर्गीय अधिकारी मेहनती, लगनशील, कर्तव्यनिष्ठ भएको र देशले एक असल नेता गुमाउनुपर्दा निकै दुःख लागेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले वाइडवडी जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताउँदै अदालतले प्रमाणित नगरी कसैलाई पनि भ्रष्टचारी भन्न नपाइने पनि बताउनुभयो ।
त्यस अवसरमा सरकारको तर्फबाट प्रतिष्ठानलाई एक करोडको अक्षय कोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रतिष्ठानलाई सरकारकाे सहयोग सदैव रहने पनि बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिष्ठानलाई आफूहरुले नजिकबाट सहयोग गर्ने बताउनुभयो ।
स्वर्गीय अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अध्यक्ष रहेको प्रतिष्ठानमा ३५ सदस्यीय तदर्थ समिति रहने छ भने ४५ सदस्यीय सल्लाहकार समिति रहने अध्यक्ष विद्या भट्टराईले जानकारी दिनुभयो ।
प्रतिष्ठानले अधिकारीको सपनालाई साकार पार्न राज्यलाई सहयोग पुग्नेगरी जनशक्ति उत्पादनमा सहयोग गर्ने र त्यसका लागि प्रतिष्ठानले विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।