यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने ८ जना दलाल पक्राउ

 असार २०, २०७५ बुधबार १५:१०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने र अनावश्यक रकम असुल्ने ८ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । 

सेवाग्राहीलाई सिधै सेवा लिन अवरोध गरेको, जबरजस्ती तानिरहेको र काम गराइदिन्छु भन्दै रकम असुली गरिरहेको अवस्थामा ८ जना विचौलियालाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा झापाका कृष्णप्रसाद थपलिया, काठमाडौंका किरण देउला, अपार रिजाल,  ललितपुरका प्रकाश तण्डुकार, कञ्चन राई, सिन्धुलीका पवन तामाङ, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ तथा बाँकेका बालकृष्ण खत्री रहेका छन् । 


 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया