यात्रु नपाएपछि नेपाल एअरलाइन्सको जापान उडान स्थगित

 जेठ २२, २०७६ बुधबार १५:५३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ –  नेपाल एअरलाइन्सको जापान उडान फेरि स्थगित भएको छ ।

१२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । 

गएको वैशाख १५ गते नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान पक्का भएको भन्दै हप्तामा ३ वटा उडानको तालिकासहित भाडा पनि तोकेको थियो । तर टिकट बुकिङ खुलाएको लामो समयसम्म पनि यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो । 

नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ । 

निगमले सन १९९४ देखि २००७ सम्म साताका दुई उडान गरेको गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने दाबी गरे पनि असफल भएको हो । 

नेपालीहरुको बसोबास रहेको नारिता शहरमा उडान भर्ने तयारी भए पनि निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यात्रु नपाउने शहर ओसाका उडानलाई प्राथमिकता दिनुभएको थियो । ओसाकामा उडान गर्दा गर्दा यात्रु नपाउने सुझाव लत्याउँदै तालिका सार्वजनिक गरेको थियो  । 

लामो दूरीमा उडान भरेर निगमलाई उकास्ने भन्दै निगमले पोहोरको असार र साउनमा २४ अर्ब रुपैयाँ खर्चेर एअरबस ३३०–२२० सिरिजका २ वटा जहाज ल्याएको थियो ।

निगमले नयाँ जहाजमार्फत दक्षिण कोरिया, जापान र चीनमा उडान भर्ने जनाएको थियो । तर कमजोर व्यवस्थापनका कारण लामो दुरीमा उडान भर्न नसक्दा २ सय ७४ सिटे वाइडबडी जहाज पनि छोटा र मध्यम दुरीमै खुम्चिएका छन

अहिले निगमका एअरबसका २ वटा वाइडबडी, २ वटा न्यारोबडी र एउटा बोइङ ५७५ सिरिजको जहाजले मुम्बई, दिल्ली, बेंग्लोर, हङकङ, दुबई, कतार र मलेसियामा उडान गदै आइरहेका छन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

4 Comments

  • Raj Kumar Bhandari

    June 8, 2019, 5:31 a.m.

    फेरि उही पारा , यो खबर इटहरीको मेयरले भने जस्तै आयो त ...

  •  0 Reply
  • Keshab nyaupane

    June 6, 2019, 12:45 p.m.

    भाडा धेरै भएर हो , टिकट नबिकेको /

  •  0 Reply
  • गणेश बस्नेत

    June 6, 2019, 11:53 a.m.

    कमजोर व्यवस्थापनको कारण नेपाल एयरलाइन्स फेरि पनि लथालिङ्ग हुने पक्का छ /सेवा दिई रहेका मुलुकबाट पनि भरपर्दो सेवा नदिएको हुँदा यो बर्ष नेपाल एयरलाइन्स प्रयोग गर्ने यात्रुले फेरि प्रयोग नगर्ने गुनासो गर्ने यो दुबई मा प्रसस्तै छन्, त्यसैले बेलैमा यी गुनासो को समाधान गरियोस् !!

  •  0 Reply
  • Prob7777

    June 5, 2019, 6:53 p.m.

    नेपाल एयरलाइन्समा पनि कुलमान जस्तो दृढ संकल्प भएको मान्छेको खाँचो छ , पहिला आफु तयार हुनुस, अनि बल्ल कार्यक्रम सफल हुन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया