गण्डकीलाई ३१ रनमै अलआउट गरेकाे काेशीकाे पहिलाे जीत
चैत ३, २०८१ आइतबार
काठमाडौं – असार १५ देखि २० गते सम्म मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परि २६ जनाले ज्यान गुमाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्ला केही दिनको बाढी र पहिरोले पुर्याएको क्षतिको विवरण दिँदै १५ गते देखि आजसम्म २६ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो ।
बाढीमा परि २ जना बेपत्ता भएका छन् भने झण्डै एक दर्जन घाइते भएका छन् ।
गृहमन्त्रीले दिएको जानकारी अनुसार बाढीपहिरोका कारण कैलालीमा एक , बाँकेमा चार, सिन्धुलीमा दुई, रोल्पामा तीन, चितवनमा एक , पर्सामा दुई , काठमाडौंमा एक, सर्लाहीमा दुई जना, तनहुँमा दुई ,उदयुरमा एक, सिरहामा एक, दाङ एक, मकवानपुरमा दुई, महोत्तरी एक, बर्दियामा एक , बारामा एक जनाको मृत्यु भएको हो ।
उहाँले बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले मौसमविद्हरुको पूर्वानुमान अनुसार ठूलो क्षतिको सम्भावनालाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनिकरणका लागि आवश्यक तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँले विपत जोखिम न्यूनिकरण राष्ट्रिय परिषद्को बैठक बसिरहेको र आवश्यक पूर्वतयारी भैरहेको जानकारी दिनुभयो । उहाँले बाढी प्रभावितको राहत र उद्धारका लागि आवश्यक बजेट विनियोजन गरी जोखिमयुक्त स्थान पहिचान गरी राहत सामग्री पुर्याउने काम भैरहेको बताउनुभयो ।
उहाँले सेना प्रहरी र सम्बन्धित निकायलाई र केन्द्रको युनिटलाई २४ सै घण्टा सर्तक अवस्थामा राखिएको बताउनुभयो ।
उहाँले केन्द्रदेखि स्थानीय तहसम्म विपद सामनाका लागि संयन्त्र गठन गरिएको र आवश्यकता अनुसार सेना र प्रहरी परिचालन गर्ने गरी सर्तक राखिएको बताउनुभयो ।
उहाँले पहिरोका कारण अवरुद्ध सडक खोल्नका लागि आवश्यक उपकरणको व्यवस्था गरिएको पनि जानकारी गराउनुभयो ।
सांसदहरुले मुलुकभर बाढी र पहिरोका कारण पुगेको क्षतिको विवरण सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।