रोनाल्डो किन्ने युभेन्टसको प्रस्ताव रियलले मान्ला त ?

 असार २१, २०७५ बिहीबार ७:१३:३० | एजेन्सी
unn.prixa.net

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका लागि सिरी ए च्याम्पियन युभेन्टसले गरेको एक सय मिलियन युरोको प्रस्तावलाई रियल मड्रिडले विचार गरिरहेको बीबीसीले जनाएको छ ।

३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले रियलका लागि चार सय ५१ गोल गरेका छन् । 

तर बढ्दो उमेर र घट्दो स्टारडमका कारण रियल मड्रिडले क्लबमा सुधार चाहेको बताइन्छ । किनकी यो सिजनको लालिगामा रियल च्याम्पियन बार्सिलोनाभन्दा १७ अंकले पछाडि रहेको थियो । त्यसैले पनि रियल मड्रिड आफ्ना स्टार खेलाडी रोनाल्डोलाई युभेन्टसलाई बेच्न खोजिरहेको छ । 

रोनाल्डोले गएको मे महिनामा मात्रै रियललाई पाँचौ पल्ट च्याम्पियन्स लिग जिताएका थिए । किभमा भएको खेलमा लिभरपुललाई पन्छाउँदै उपाधि जिते पनि प्रशिक्षक जिनेदिन जिदानले भने क्लबबाट राजीनामा दिएका थिए । रियल मड्रिडले जिदानको ठाउँमा स्पेनका पूर्व राष्ट्रिय प्रशिक्षक जुलेन लोपेटेगीलाई नियुक्त गरिसकेको छ ।

पाँच पल्टको बलोन डी ओर विजेता रोनाल्डोको भविष्यका बारेमा केही वर्ष यता चर्चा हुँदै आएको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग रोनाल्डोको सम्बन्ध राम्रो नभएको बेला–बेलामा समाचार प्रकाशित भैरहेका हुन्छन् । रियल मड्रिडमा रोनाल्डो खुशी नभएको पनि बताइन्छ । 

रियल मड्रिडले रोनाल्डोलाई एक सय मिलियनमा बेच्दै पीएसजी स्टार नेइमारलाई भित्र्याउन चाहेको चर्चा पनि चलिरहेको छ । त्यस्तै नेइमारलाई रियलमा भित्र्याउन सफल नभए अध्यक्ष पेरेजले पीएसजी अर्का स्टार केलिएन एम्बाप्पेलाई भित्र्याउने सम्भावना रहेको छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया