अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो
चैत ३, २०८१ आइतबार
काठमाडौं - नेपालीहरुको खानपानमा भिटामिन र मिनरल्सको मात्रामा कमी रहेको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अध्ययनमा नेपालीहरुको खानपानमा भिटामिन्स र मिनरल्सको मात्रामा कमी रहेको पाइएको छ ।
काठमाडौंमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानकर्ता केपी लम्सालले नेपालीहरुको खानामा षोषक तत्वको मात्रामा कमी रहेको पाइएको बताउनुभयो । झापा, ललितपुर र रसुवाको समुदायमा गएर गरिएको अनुसन्धानमा दिनमा ८ पटक खाना खानुपर्नेमा नेपालीहरुले बढिमा ४ पटक मात्रै खाने गरेको पनि पाइएको छ ।
नेपालीहरुको पोषण स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सरकारले खाद्य पोषणबारे अनुसन्धान सुरु गरेको हो । अनुसन्धानबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिनु भयो ।
उहाँले जनस्वास्थ्यका लागि आवश्यक पोषणको मापदण्ड तोक्न सरकारले आवश्यक अनुसन्धानको कामलाई अघि बढाएको पनि स्पष्ट पार्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।