११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल टेलिकमले सात वटै प्रदेशमा निर्धारित समयभित्रै फोर जी/एलटीई (चौंथो पुस्ताको मोबाइल डाटा सेवा) विस्तारको कामलाई तीव्रता दिएको छ ।
नेपाल टेलिकमकी प्रवक्ता तथा अन्तर्राष्ट्रिय सेवा निर्देशनालयकी निर्देशक प्रतिभा वैद्यले फोर जी विस्तारका लागि लागिपरेको बताउनुभयो ।
सातै प्रदेशमा फोर जी सेवा विस्तारअन्तर्गत साइट सर्भेको काम अन्तिम चरणमा पुगेको छ । ‘साइट सर्भेको काम ९८ प्रतिशत सकिसकेको छ । नेटवर्क विस्तारको सामग्री आइसकेको छ । अब तोकिएको स्थानमा पठाउन भने बाँकी छ’, प्रवक्ता वैद्यले भन्नुभयो ।
नेपाल टेलिकमले १२ महिनामा नै सम्पन्न हुने गरी सात वटै प्रदेशमा फोर जी सेवा विस्तारका लागि गएको माघ २० गते सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । नेपाल टेलिकमले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारका लागि हङकङको अन्तर्राष्ट्रिय चीन सञ्चार सेवा (सीसीएसआई) र चीनको अग्रणी उपकरण निर्माता जेडटीई कम्पनीसँग सम्झौता गरेको थियो ।
नेपाल टेलिकमले ६५ लाख प्रयोगकर्तामा फोर जी सेवा पुर्याउने लक्ष्य राखेको छ । फोर जी सेवा विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्यान नेटवर्क तयार गर्ने सम्झौता भएको छ । कोर नेटवर्कको जिम्मा जेडटीईले पाएको छ भने र्यान अर्थात् रेडियो एक्सेस नेटवर्कको जिम्मा हङकङको सीसीएसआईले पाएको छ । नेपाल टेलिकमले आयोजना सम्पन्न गर्न १८ अर्ब ८० करोड रुपैयाँ लगानी गर्नेभएकाे हाे ।
यसअघि नेपाल टेलिकमले गएको अङ्ग्रेजी नयाँ वर्ष २०१७ अर्थात् २०७३ साल पुष १७ गतेबाट काठमाण्डौ उपत्यका र पोखरामा चौथो पुस्ताको मोबाइल डाटा सेवा (फोर जी) सेवा सञ्चालनमा ल्याइसकेको छ ।
गएको २०६५ चैत मसान्त सम्ममा सात लाख ४४ हजार तीन सय ८९ जना फोर जी प्रयोगकर्ता भैसकेका छन् । ‘समग्रमा टुजी, थ्रीजी र फोर जी प्रयोगकर्ताको संख्या एक करोड २५ लाख ४४ हजार ३ सय ५४ पुगिसकेको छ’, प्रवक्ता वैद्यले उज्यालोसँग भन्नुभयो ।
प्रवक्ता वैद्यले १ करोड लाइन मोवाइल आयोजना अन्तर्गत समस्या देखिएको ठाउँमा ग्राहकको माग अनुसार मोवाइल टावर थप्ने काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भैरहेको बताउनु भयो । ‘फोर जी सेवा विस्तारको काम तीव्र रुपमा भैरहेको र निश्चित समयमा नै सक्ने हिसाबले लागि परेका छौं’, उहाँले भन्नुभयो ।
के हो फोर जी/एलटीई मोबाइल डाटा सेवा ?
सामान्य अर्थमा फोर जी सेवा थ्रीजी (तेस्रो पुस्ताको मोबाइल डाटा सेवा) को विस्तारित रुप हो, जुन फोर जी सेवा थ्रीजीको तुलनामा निकै छिटो छ । फोर जी लाई परिभाषित गर्न यतिले पुग्दैन । सन् २०१० नोभेम्बर ३० मा फिनल्याण्डबाट फोर जी सेवाको सुरुवात भएको थियो । त्यसपछि अमेरिका र युरोपमा फोर जी विस्तार भयो ।
फोर जी मोबाइल डाटा सेवाको चौथो पुस्ता हो । यसले पनि यस अघिका थ्रीजी र टुजी मोबाइल डाटा प्रविधिलाई नै अनुसरण गर्छ । सन् १९९० मा आएको टुजी प्रविधिले डिजिटल फोन कल गर्न र सन्देश पठाउन सकिने भयो । त्यसपछि सन् २००३ मा आएको थ्रीजी प्रविधिले वेब पृष्ठहरु ब्राउज गर्न, भिडियो कल गर्न तथा संगीत र भिडियो डाउनलोड गर्न सम्भव भयो ।
फोर जी प्रविधिले पनि थ्रीजी प्रविधिकै सेवा दिन्छ तर थ्रीजीले भन्दा छिटो गति र सहजपूर्वक सेवा दिन्छ ।
फोर जी मोवाइल डाटा सेवा थ्रीजीको तुलनामा झण्डै पाँचदेखि सात गुणा छिटो हुन्छ, लगभग १५० एमबीपीएससम्म सैद्धान्तिक गति प्रदान गर्छ । यो वास्तविकमा लगभग ८० एमबीपीएसभन्दा अधिकतम सम्भावित गतिभन्दा बढी हो, (तर यो सम्मको उच्च गति दुर्लभ छ, यसका लागि सामान्यतया ‘डबल स्पीड’ अथवा मोबाइल फोनको ‘थप स्पीड’ जस्ता कुराको आवश्यकता हुन्छ ।
फोर जी प्रविधिको मोबाइल नेटवर्कमा ३ मिनेट २० सेकेण्डमा २ जीबीको एचडी फिल्म डाउनलोड गर्न सकिन्छ, जब कि थ्रीजी नेटवर्कमा २५ मिनेटभन्दा बढी समय लाग्छ ।
फोर जी को सुविधा
सुधारएिको डाउनलोड प्रणाली र अपलोड क्षमता
कम विलम्बता
स्पष्ट आवाज
‘कल ड्रप’ को समस्या पनि समाधान
नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले नेपाल टेलिकमको सिममा कल ड्रपको समस्यामा पनि क्रमागत रुपमा समाधान भएको बताउनुभयो । उहाँका अनुसार, कल ड्रपको समस्यामा मोबाइल सेटको क्षमता र भौगोलिक बनोटले प्रभावित गर्दछ । ‘नेपालको भौगोलिक बनावट पनि चुनौतीपूर्ण छ । भू–बनावट अनि नेपाल टेलिकमको सिम प्रयोग गरेर कहाँ फोन गरिन्छ, त्यसले पनि प्रभाव पार्दछ’, प्रवक्ता वैद्यले भन्नुभयो ।
गएको वैशाख २०७२ वैशाख १२ गते आएको भूकम्पका कारण पनि कल ड्रपको समस्या निम्तिएको हो । ‘भूकम्पपछि घर–घरमा टेलिकमको टावर राख्न अनुमति दिइएन । जसका कारण नेटवर्किङको योजना गर्दा एउटा र कार्यान्वयनमा आउँदा अर्काे भयो । यसले गर्दा तोकिएको स्थानभन्दा अन्यत्र नै टावर राखिँदा कल ड्रपको समस्या आएको थियो’, उहाँले भन्नुभयो ।
बेस ट्रान्सिभर स्टेशन (बीटीएस) को प्रयोगले सिमको नेटवर्क क्षमता विस्तार गर्न सकिने उहाँले बताउनुभयो । यसका लागि माइक्रो अर्थात् सानो बीटीएस र म्याक्राे अर्थात् ठूलो बीटीएसको प्रयोग गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।