नेकपाको स्थायी समिति बैठक आज

 असार २१, २०७५ बिहीबार ६:१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक बिहीबार बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार बसेको सचिवाललय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारका कामको समिक्षा, पार्टीको सांगठनिक परिस्थितिलगायतका विषयमा छलफल गर्न बिहीबार दिउँसो ३ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा थपेका प्रावधान संशोधन नगरे कांग्रेसले विधेयक संसदमा प्रस्तुत गर्न नदिने बताइरहेका बेलामा अब त्यो विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि भोलिको बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

सरकारको नीति तथा कार्यक्रम र बजेटबारे पार्टी भित्रैबाट आलोचना भइरहेका बेला बस्ने लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बैठकलाई महत्वका साथ हेरिएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया