काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
क्यानडामा भैरहेको ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिगमा नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रभाव देखाउन थालेका छन् । मोन्ट्रियल टाइगर्समा आवद्ध सन्दीपले सुरुको खेलमा महंगो बलिङ गरे पनि पछिल्ला दुई खेलमा भने फर्किएका छन् । पहिलो खेलमा सन्दीपले ४ ओभर ५७ रन खर्चिएर एक विकेट लिएका थिए । तर आफ्नो दोस्रो खेलमा सन्दीपले चार ओभर बलिङ गर्दै १९ रन खर्चिएर एक विकेट लिएका थिए । मोन्ट्रियल टाइगर्सको पहिलो खेल भने सन्दीपले प्राविधिक कारणले गर्दा गुमाएका थिए ।
बुधबार भएको एडमन्टन रोयलविरुद्धको खेलमा सन्दीपले शानदार बलिङ गरेका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमा नै मेडन ओभर राख्दै एक विकेट लिए । सन्दीपले फ्याँकेको गुगली बल सिधै विकेटमा लाग्न पुगेको थियो । उनले १२ बल खेल्दै ९ रन बनाएर खेलिरहेका एडमन्टनका भरपर्दा ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन् । त्यस्तै उनले आफ्नो दोस्रो ओभरमा मात्रै पाँच रन खर्चिए भने तेस्रो ओभरमा सात रन खर्चिए । मोन्ट्रियल टाइगर्सका लागि १२ औँ र आफ्नो अन्तिम ओभरमा सन्दीपले मात्रै ४ रन खर्चिए ।
बुधबारको खेलमा सन्दीपको टिम मोन्ट्रियलले एडमन्टन रोयल्सलाई १५ रनले हरायो । चार खेलमध्ये यो नै सन्दीपको टिमको पहिलो जित हो । पहिले ब्याटिङ गरेको मोन्ट्रियल टाइगर्सले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । १३० रनको विजयी रन पछ्याएको एडमन्टन रोयल १९ ओभर एक बलमै आफ्ना सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको थियो ।
मोन्ट्रियल टाइगर्सले अर्को खेल जुलाई ९ मा टोरन्टो नेसनलसँग खेल्दैछ ।
सन्दीप लामिछानेलाई मोन्ट्रियल टाइगर्सले ४० हजार डलरमा किनेको थियो । इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्समा आवद्ध भएका सन्दीपले आफूले खेलेका तीन खेलमै पाँच विकेट लिँदै विश्वभरबाट चर्चा बटुलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sujan sharma
July 7, 2018, 4:26 p.m.अब सन्दिप लामिछानेको खेल यस्तै सुधारात्मक भए नेपालले एक दिबसिय खेल नजित्ला भन्न सकिन्न। अब अरु खेलाडीहरुले पनि राम्रो सङ्ग खेल्नुपर्छ