अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
दाङ – प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराही उपमहानगपालिकाले ४७५ कामदार छानेको छ । प्रत्येक वडाबाट २५ जनाका दरले चालु आर्थिक वर्षको असार मसान्त म्म काम गर्ने गरी उपमहानगरले ३६ वटा योजना छनोट गर्दै त्यसमा रोजगारीका लागि १९ वडाबाट २५ जनाका दरले ४ सय ७५ जना कामदार छानिएका छन् ।
उपमहानगरपालिकाका विभिन्न आयोजनामा काम गर्ने गरी ४० हजार देखी ५ लाख रुपैयाँसम्मको योजना छनोट भएको रोजगार संयोजक शरद पाण्डेले जानकारी दिनुभयो । छनोटमा परेका कामदारले सरसफाइ, वृक्षारोपण, कल्भर्ट निर्माण, बाटो मर्मत, सिँचाइ पोखरी निर्माण, कुलो निर्माण, बगैँचा निर्माण, पर्खाल निर्माण जस्ता कामहरु गर्नु पर्ने छ ।
एक महिनामा सक्नु पर्ने आयोजनाका लागि केन्द्र सरकारले घोराही उपमहानगरमा १ करोड रुपैयाँ पठाएको छ । कामदारले दैनिक ५ सय रुपैयाँ पाउने छन् भने ७ घण्टा काम गर्नुपर्ने छ । रोजगारीका लागि उपमहानगरपालिकामा १३ हजार २ सय ५७ जनाले फारम भरेका थिए । त्यस मध्यबाट मापदण्ड अनुसार छनोट गर्दा एउटा वडामा २५ जनालाई रोजगार दिने निर्णय भएको संयोजक पाण्डेले बताउनुभयो ।
वर्षभरिको कमाइले ३ महिना खान नपुग्ने कृषिमा आश्रित परिवार, बसोबासका लागि आफ्नै घर नभएको, एकल महिला, दलित अल्पसंख्यक समुदाय, कोही पनि सदस्यले न्यूनतम रोजगारी नपाएको, शहिद तथा बेपत्ता परिवारका सदस्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरिएका छन् ।
कामदारलाई आवस्यक पर्ने सबै उपकरणहरु समेत आइसकेको र केही दिनमा कार्यक्रम लागु गरी काम सुरु हुने संयोजक पाण्डेको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।