जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
दाङ - नेपालगन्जका एक दम्पती साेमबार राति राप्ती राजमार्ग अन्तरगत तुलसीपुर-अमिलिया सडकखण्डमा पर्ने जंगलमा लुटिएका छन् ।
नेपालगञ्जका अन्सार अन्सारी र उनको परिवारलाई बीच जंगलमा रोकेर ५ जना युवाहरुको समुहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस समूहले अन्सारी दम्पतीको साथमा रहेको ६ हजार नगद र १५ हजार पर्ने मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ ।
रा ३ प ६५९३ नम्बरको मोटरसाइकलमा बाँकेबाट दाङको तुलसीपुरतर्फ आइरहेका अन्सारी दम्पतीलाई सोमबार राति जंगलमा रोकेर त्यस समूहले लुटपाट गरेको बताइएकाे छ ।
लुटपाट गर्ने क्रममा उनीहरुले छुरी तथा घरेलु हतियार र लाठीसमेत देखाएर कसैलाई भने ज्यान लिने धम्की समेत दिएको अन्सारी दम्पतीले बताएको पीडितलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।