भुसालको नियुक्ति खारेज भएपछि प्राधिकरणको बैठक स्थगित

 असार २१, २०७५ बिहीबार १३:१८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी निर्देशक समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । 

प्रधानमन्त्रीको सचिवालले बुधबार साँझको मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ति खारेज भएको जनाउ दिँदै बैठक स्थगित भएको सूचना दिएको हो । 

बिहान १० बजे बालुवाटारमा बस्ने भनिएको बैठकमा सहभागी हुन प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल १५ मिनेट अघि नै बालुवाटार पुग्नुभएको थियो । तर बुधबार साँझ मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले निर्वाचन आचारसंहित लागू भएपछि गरेका सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

यो निर्णयसँगै भुसालको राजनीतिक नियुक्ति पनि बदर भएको छ । भुसाल प्राधिकरणको सिइओमा २०७४ कात्तिक ६ गते नियुक्त हुनुभएको थियो । प्राधिकरणमा फेरि पनि नेतृत्व परिवर्तन हुने संकेत देखिएको छ । यसअघि गोविन्द पोखरेल र सुशील ज्ञवाली सीईओ भइसकेका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया