फ्रान्सविरुद्धको खेलमा उरुग्वेका स्ट्राइकर काभानी फर्किने

 असार २१, २०७५ बिहिबार १३:३४:१८ | एजेन्सी
unn.prixa.net

उरुग्वेका स्ट्राइकर फ्रान्सविरुद्धको क्वार्टरफाइनल खेलमा फर्किने भएका छन् । 

प्रि–क्वार्टरफाइनल अन्तर्गत पोर्चुगलविरुद्धको खेलमा चोटग्रस्त भएका कभानीको चोट सामान्य भएको उरुग्वे फुटबल संघले जनाएको छ ।

ह्यामस्ट्रिङमा चोट लाग्नुअघि दुई गोल गर्दै कभानीले उरुग्वेलाई क्वार्टरफाइनलको यात्रा तय गराएका थिए । जुन चोटका कारण उनी ७४औं मिनेटमा बेन्चमा फर्किन बाध्य भएका थिए ।

मंगलबार भएको उरुग्वेको अभ्यास सत्रमा उनी एक्लै आराम गरिरहेका थिए । तर उनको मांसपिण्ड सामान्य सुन्निएको मात्र भएको भन्ने उल्लेख गरिएको छ । उरुग्वे गत संस्करणमा प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको थियो भने उसले सन् २०१० मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

उरुग्वे फुटबल टिममा कभानी सबैभन्दा धेरै विश्वकपको खेल खेल्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । टिमका गोलकिपर फर्नान्डो मुस्लेराले एक खेल बढी खेलेका छन् ।

भोलि हुने फ्रान्सविरुद्धको खेल निज्नी नोभ्गोरोड मैदानमा नेपाली समय अनुसार पौने आठ बजे हुनेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया