सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना पुरिए

 जेठ ३०, २०७६ बिहिबार १५:१८:२७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर-८, टोड्केमा सडक निर्माण गर्ने क्रममा पहिरोले दुई जनालाई पुरेको छ ।

पहिरोमा पुरिनेमा चितवन शक्तिखोरका १७ वर्षीय रोशन बुढाथोकी र २३ वर्षीय सुदिप श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।

टोड्केमा सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरोले दुई जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताउनुभयो । 
एक्स्काभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो लडेपछि चालक भाग्न सफल भए पनि अरु दुई जना भने भाग्न नसकेपछि पहिरोमा पुरिएको उहाँले बताउनु भयो ।

पहिरो खसिरहेकाेले पुरिनेको खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया