ललितपुरमा गजलकार गुलाम अलीको प्रस्तुती
चैत ३, २०८१ आइतबार
कैलाली – श्रीमानको कुटाइबाट कैलालीको लम्कीचुहा नगरपालिकामा श्रीमतीको मृत्यु भएको छ ।
वडा नम्बर २ प्रतापपुरका स्थानीय ३५ वर्षका इन्द्र चौधरीले कुटपिट गर्दा ३२ वर्षीया श्रीमती गर्भी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोधपुछका क्रममा मृतकका श्रीमान इन्द्रले सुरुमा श्रीमतीले रक्सी खाएर लड्दा मृत्यु भएको बताएका थिए । शंका लागेपछि इन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा कुटाईपछि श्रीमतीको मृत्यु आफ्नो कुटाईबाट भएको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ।
धारिलो हतियार प्रयोग गरी गर्भीको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।