दाङमा सिमेन्ट उद्याेगकाे ढलान भत्कियाे : तीन जना मजदुरकाे ज्यान गयाे

 जेठ ३२, २०७६ शनिबार ६:३३:९ | हेमराज शर्मा
unn.prixa.net

छत भत्किएर घाइते भएका उपचार गराउँदै

दाङ - दाङमा सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ढलान भत्कँदा तीन जना मजदुरकाे ज्यान गएकाे छ । 

लमही नगरपालिका वडा नम्बर ७ मा रहेकाे सम्राट सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ६ तल्ला माथिकाे ढलान भत्किँदा भारतीय मजदुरकाे ज्यान गएकाे हाे । घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताउनुभयाे ।

मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन ।

घटनामा परि अजय हेरेन, दिपेन बाेडाेलइ, नरेन बाेडलइ घाइते भएका छन् । जसमध्ये अजय हेरेन र नरेन बाेडाेलाई थप उपचारको लागि बुटवल लगिएको छ । घाइतेहरुकाे फलाेरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियाे ।

घटना राति २ बजे भएको बुझिएको छ । घटनाकाे अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ 

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • विश्वास बाबु पोखरेल

    June 15, 2019, 7:29 a.m.

    साह्रै दु:खद घटना। यसको उचित छानबिन हुनु जरुरी छ, उद्योगले न्युनतम सुरक्षाको मापदण्ड पूरा गरेको भए सायद यो अवस्था आउने थिएन। अनि अर्को कुरा, मृतकहरु भारतीय रहेछन्, नेपालीहरु काम नपाएर श्रमको खोजिमा दैनिक बिदेशिनेको ताँती छ, तर यहाँँको श्रम बजार भारतीयहरुले धानिदिएका छन् । सरकारको गफै बढी भयो, काम गर्नुपर्‍यो काम।

  •  0 Reply

तपाईको प्रतिक्रिया