कोशीमा बग्दै गरेको कमल सदाको शवको तस्बिर : फोटो अफ् इयर

 असार २१, २०७५ बिहिबार १८:३२:१ | उज्यालो सहकर्मी

काठमाडौं – आईएमई ग्लोबल नेपाल फोटो प्रतियोगिताको उपाधि नरेन्द्र श्रेष्ठले जित्नु भएको छ । 

श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका ५ वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यो वर्षको आईएमई ग्लोबल आईएमई फोटो अफ् द इयर घोषित गरिएको हो । 

                           यो पनि पढ्नुहोस् : कोशीको भंगालोबाट कमलको चिट्ठी !

त्यसैगरी दिपेन्द्र रोकाको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्न सफल भएको छ । 

त्यसैगरी आईएमई डेली लाइफ विधामा सुनिता डंगेलले जित हात पार्नुभयो । 

अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्यूज उपाधि जित्नु भएको छ ।  

श्रीराम खत्रीले नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफ उपाधि हात गर्नुभयो । 

डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले हात पार्नु भएको छ भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेल उत्कृष्ट हुनु भयो । 

बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी विजेताहरुलाई सम्मान गरिएको छ । आईएमई फोटो अफ दि इयर उपाधि हात पार्नु भएका श्रेष्ठलाई १ लाख नगद पुरस्कारबाट सम्मान गरियो । त्यसैगरी प्रथम, द्धितीय र तृतीय हुनेले नगद क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नु भएको छ । 

यसैबीच, यस वर्षको फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले आफूले जितेबापतको रकम डुबानमा परि गत वर्ष ज्यान गुमाएका पाँच वर्षीय कमल सदाका परिवारलाई दिने घोषणा गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फोटो आफैमा जीवन भएकाले यसको महत्व बढदै गएको बताउनु भएको थियो ।

वर्ल्ड प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, वरिष्ठ फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणि लामा, काठमाडांै विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहनुभएको थियो । 

‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो  अफ् द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  प्राप्त गरेका छन् । काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिनेछ भने काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया