भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
बाजुरा – बडिमालिका नगरपालिकाका पाँच जना नेकपा समर्थक वडाध्यक्षले नगरकार्यपालिकाको निर्णय पुस्तिका खोसेका छन् । उनीहरुले नगरपरिषदमा राजनितिक आस्थाका आधारमा बजेट विनियोजन गरेको भन्दै निणर्य पुस्तिका (माइन्यूट) खोसेका हुन् ।
नगरपालिकाको बैठक भइरहेका बेला नेकपा एमालेका वडाध्यक्ष भएका सबैले हल्ला गरेको र एक जनाले माइन्यूट खोसेर भागेको नगरपालिका स्रोतले बताएको छ । त्यसपछि नौ जना वडाध्यक्षमध्ये पाँच जना सँगै गएको बताइएको छ ।
बडिमालिका नगरपालिका वडा नम्बर २,३,४,७ र ९का वडाध्यक्षले पत्रकार सम्मेलन गर्दै आफूहरुको पाँच वटा बुँदामा असहमति रहेको बताए । उनीहरुले नगरपालिकामा बेथीति रोक्न माइन्यूट नियन्त्रणमा लिएको बताएका छन् ।
उनीहरुले बस्तीबाट आएका योजनामा बजेटन विनियोजन नभएको, तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्ष विजय भएका योजनामा बजेट कम विनियोजन गरिएको, स्थानरयि सरकार वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शनलाई बेवास्ता गरिएको लगायतका आरोप लगाएका छन्।
आफूहरुका माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी वडा नम्बर ९ का वडाध्यक्ष विनोदकुमार बिकले बताउनुभयो । बडिमालिका नगरपालिकामा कांग्रेसबाट पदमबहादु बडुवाल विजयी हुनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।