महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता

 असार २१, २०७५ बिहीबार १९:३६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना युवक बेपत्ता भएका छन् । 

बाजुराको शेरदह गाउँपालिका घर भै महेन्द्रगरमा अध्ययन गर्दै गरेका १९ वर्षीय प्रेम रावत बेपत्ता महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । 

महाकाली नगरपालिका –९, मा काका उदय रावतको घरमा केही दिनदेखि बस्दै आएका रावत बिहीबार अपरान्ह महाकाली नदीको ढकनाघाटमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दोधाराले जनाएको छ ।

नदीमा पानीको बहाव बढेसँगै बाढीले दाउरा ल्याउने भएकाले दाउरा झिक्न गएका स्थानीय बासिन्दासँगै गएका रावत नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी नायव निरीक्षक नारायण गिरीले बताउनुभयो । रावतको स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ । 

आइतबारबाट परेको वर्षाले महाकालीमा पानीको बहाव बढेको छ । नदीमा पानी बढेसँगै बाढीले बगाएर ल्याएको दाउरा झिक्न जानेको घुइँचो लाग्ने गर्दछ । 
यसअघि महाकाली नदीमा झिक्ने क्रममा र नुहाउने क्रममा डुबेर धेरैकोे ज्यान गइसकेको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया