नेकपाको नियमावली टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई

 असार २१, २०७५ बिहीबार २०:१८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो बसेको पार्टी स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिने जिम्मेवारी केन्द्रिय सचिवालयलाई नै दिने निर्णय गरेको हो । 

पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलले पेश गर्नु भएको मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरुले सुझाव दिएका थिए ।

बैठकले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पुनः स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकमा बोल्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले सरकारले चीन र भारत दुवै छिमेकी मुलुकसँग घनिष्ट सम्बन्ध कायम गर्न सफल भएको बताउनु भएको थियो । 

आफ्नो चीन र भारत दुवै मुलुकको भ्रमण सफल भएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले बताउनु भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकमा नेताहरुले पार्टी जनवर्गीय संगठनहरुको एकीकरण अभियानलाई सम्पन्न गर्न ढिलाई गर्न नहुनेमा पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया