बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
सर्लाही - शिक्षकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका -१ हजरियामा ६ जना विद्यार्थी घाइते भएका छन्।
बाग्मती सामुदायिक विद्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई प्रधानाध्यापक महेन्द्रप्रसाद रायले सोमबार बिहान बेहोस् हुने गरी कुटपिट गरेका थिए।
प्रअ रायको कुटाइबाट कक्षा ३ मा पढने छात्र १० वर्षीय सञ्जीव सहनी बेहोस\ भएका छन भने उनीसगै पढ्ने अरु पाँच जनाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको छ।
बिहान प्रार्थना गर्न सिधा लाइन नबसेको भन्दै प्रअ रायले विष्णुधर सहनी, गजेन्द्र सहनी, राजकिश्वर सहनी, कैलाश सहनी र तेतरीदेवी सहनीलाइ लठ्ठीले कुटेर घाइते बनाएको बरहथवा नगरपालिका -१ का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो।
घाइतेमध्ये बेहोस भएका सञ्जीव सहनीको बरहथवामा रहेको भेनस हेल्थ केयर सेन्टरमा उपचार भैइरहेको छ। अन्य विद्यार्थी भने सामान्य उपचारपछि घर फर्किएका छन्।
प्रअ रायले अनुशासन कायम गराउन बिहान लाइन राख्ने बेला सामान्य मात्र कुटेको तर त्यसरी बेहोस् हुने गरी नकुटेको दाबी गरेका छन्। कमजोर विद्यार्थी भएकाले गर्मीको कारण बेहोस् भएको उनको भनाइ छ। घरबाट विद्यालयका पढन गएका छोराछोरीमाथि निर्घात कुटपिट गर्ने शिक्षकलाइ कारबाही गर्नुपर्ने अभिभावकले माग राखेका छन् ।
यसअघि राेल्पामा एक शिक्षिकाकाे कुटाइबाट ५ जना विद्यार्थीकाे हात भाँच्चिएकाे थियाे । अनुशासन कायम गर्ने नाउँमा कतियपय शिक्षकले विद्यार्थीमाथि निर्मम व्यवहार गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।