बयान बदल्ने युवतीलाई कैद

 असार २२, २०७५ शुक्रबार ५:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम - आफैले दिएको उजुरीमा बयान बदल्ने एक युवतीलाई रुकुम जिल्ला अदालतले कैद सजाय सुनाएको छ । 

आफूमाथि श्रम शोषण र जबरजस्ती करणी भएको भनेर प्रहरीमा उजुरी दिएर अदालतमा अर्कै बयान दिएकी यहाँकी एक २४ वर्षीया युवतीलाई एकमहिना कैद र एकहजार रुपैयाँ जरीवानाको फैसला अदालतले सुनाएको हो ।

जिल्ला न्यायाधीश काजीबहादुर राईको इजलासले उजुरीकर्तालाई एक महिनाको कैद सजाय र एक हजार रुपैयाँ जरीवाना गर्ने फैसला सुनाएको निमित्त श्रेष्तेदार लक्ष्मण बिकले बताउनुभयो । ‘फैसलामा उजुरीकर्तालाई एकमहिना कैद र एकहजार रुपैयाँ जरीवाना गर्ने उल्लेख छ', निमित्त श्रेष्तेदार विकले भन्नुभयो, 'सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को दफा २८ को २(क) बमोजिम यो फैसला भएको हो ।'

अभियोगमा पक्राउ परेका नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश चिन्तनले बुधबार सफाई पाउनुभएको छ । उहाँविरुद्धको अभियोग पुष्टी हुन नसकेको भन्दै न्यायाधीश राईको इजलासले उहाँलाई सफाई दिएको हो ।

आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले चिन्तनलाई गएको जेठ २२ गते पक्राउ गरेको थियो ।
 

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया