सडक बनाउन हुम्लामा विष्फोटक पदार्थ पुर्‍याइयो : तिब्बतसँग जोडिन ९ किलोमिटर बाँकी

 असार २२, २०७५ शुक्रबार ७:५:५६ | रमेश ऐडी
unn.prixa.net

हुम्ला ⎼उत्तरी हुम्लाको सिमाना हिल्सादेखि सदरमुकाम सिमकोट जोड्ने ‘हिल्सा–सिमकोट’ सडक आयोजनाका लागि ३० क्वीन्टल विष्फोटक पदार्थ सदरमुकाम सिमकोट भित्रिएको छ ।

हिल्साबाट ओखरथलासम्म ७१ र सिमिकोटदेखि हेप्का खोलासम्म १५ किलोमिटर सडकको ट्रयाक खुलिसकेको भए पनि सदरमुकाम सिमकोट छुनको लागि नाम्खा गाउँपालिकाको च्याछहराको ५ किमि चट्टान र कर्णाली करिडोरको अन्य भागका चट्टान विष्फोटको लागि ३० क्वीन्टल  विष्फोटक पदार्थ सेनाको हेलीकप्टरबाट सिमकोट भित्रिएको हो । हिल्साबाट सिमकोटसम्मको ९५ किमि सडक खण्डको चट्टान फुटाउन विष्फोटक पदार्थ नपाउँदा निमार्ण कार्य बन्द हँुदै आएको थियो । 

नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत विमानस्थलबाट ढुवानी गरिएको विष्फोटक पदार्थ हुम्ला जिल्ला पु¥याएको छ । विष्फोटक पदार्थ नहुँदा २ वर्ष अघिदेखि यो सडक खण्ड निर्माणको काम अगाडि बढ्न सकेको थिएन ।  सरकारले राष्ट्रिय गौरवको आयोजना भने पनि कर्णाली करिडोरमध्ये हिल्सा सिमकोट खण्डको सडक विभागले काम गर्दै आएको थियो । 
ठेकेदारहरुले समयमै विष्फोटक पदार्थ नपाएको भन्दै गएको वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई हुम्लीवासीको मागसहितको अनुरोध गरेपछि विस्फोटक पदार्थ भित्रिएको हो । नेपाली सेनाको प्रत्यक्ष संलग्नतामा कर्णाली करिडोरको बाजुरा जिल्लामा पर्ने खण्डको काम सकेर हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाको भीछहरा खण्डमा काम भैरहेको छ ।

तिब्बतसँग जोडिन हुम्ला ९ किलोमिटर मात्रै बाँकी

हुम्ला जिल्ला चीनको ताक्लाकोटसँग जोडिन ९ किलोमिटर सडकमात्र बाँकी रहेको छ । नाम्खा गाउँपालिका अन्तर्गत च्याछहराका चट्टानका कारण हुम्लाको सदरमुकाम सिमकोट चीनसँग सडकले जोडिन ९ किलो मिटर बाँकी रहेको हो ।

हिउँ परेर बाटो अवरोध नहुँदासम्म नाम्खा गाउँपालिकाको ओखरथालसम्म आधा दर्जन गाडीहरु गुड्ने गरेका छन् ।  यता लिमीको बाटो हुँदै अर्काे बाटो हेप्काखोलासम्म पुगिसकेको छ । सिमिकोटदेखि हेप्काखोलासम्मको १५ किलोमिटर सडकमा जीप ओहोरदोहोर गर्न थालिसकेको छ । हेप्काखोलामा पुल निर्माण भएमा चीन र सदरमुकाम सिमिकोटसम्म गाडी पुग्न सक्छ । 
त्यसैगरी खार्पुनाथ गाउँपालिकाबाट सर्केगाड गाउँपालिका जोड्नको लागि त्यस क्षेत्रमा सडक निर्माण कार्य पनि भैरहेको छ । सर्केगाड गाउँपालिकाबाट पूर्व दक्षिणको दिशामा कर्णाली करिडोरको कार्य पनि धमाधम भैरहेको छ ।

कर्णाली करिडोर अन्तर्गत हिल्साबाट खुलालुसम्म २ सय ९० किलोमिटरको दूरी रहेको छ । खुलालुबाट सरिसल्लासम्मको १ सय ५४ दशमलव १० किलोमिटर सडक नेपाली सेनाले निर्माण गर्ने जिम्मा पाएको छ । बाटो निर्माणको लागि सर्केगाड गाउँपालिकाबाट पूर्वमा सडक निर्माणको लागि नेपाली सेनाको हेलिकोप्टरबाट सडक डिभिजन कार्यालय हुम्लाले एक्साभेटर पु¥याइ सकेको छ ।

तिब्बत र नेपालको सीमा हिल्साबाट सिमिकोटको सडक निमार्ण कार्य आर्थिक वर्ष २०५५÷०५६ बाट सुरु भए पनि आर्थिक वर्ष २०६५÷०६६ बाट जिल्ला विकास समिति हुम्लाको पहलमा काम सुरु भएको थियो । हुम्लाबाट अन्य जिल्लामा जोडिनको लागि अहिले सिमिकोटमा रहेको हवाई यातायात बाहेक कुनै उपाय रहेको  छैन ।

अन्तिम अपडेट: चैत ११, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया