सुदूर पश्चिम प्रदेशका प्रतिपक्षी सांसदले 'रातो किताब' जलाए

 असार ५, २०७६ बिहिबार १७:५५:५६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूर पश्चिम प्रदेश सरकारले ल्याएको बजेटको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेश सासंदहरुले रातो किताब जलाएका छन् । 

आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटको विरोध गर्दै सांसदहरुले प्रदेश सभाको गेटमै रातो किताब जलाएका हुन् । सासंदलाई समेत अपमान गर्ने गरी प्रदेश सरकारले बजेट ल्याएको आरोप लगाउँदै रातो किताब जलाइएको हो । सरकारविरुद्ध नाराबाजी गर्दै प्रमुख प्रतिपक्षी दलका सांसदहरुले रातो किताब जलाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता डाक्टर रणबहादुर रावलले बजेट भाषण गरेको चार दिनपछि मात्रै रातो किताब दिइएको र रातो किताबमा योजनाहरु प्रष्ट रुपमा नराखिएकोले रातो किताब जलाएको बताउनुभयो । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले अर्को प्रतिपक्षी दल राजपाको समर्थन र साथ लिएर बिहीबार प्रदेश सभा बैठकमा अवरोध गर्दै रातो किताब जलाएको हो ।  

रातो किताब जलाउनु अघि प्रदेश सभा बैठक अबरुद्ध गर्दै नेपाली कांग्रेसका सासंद भरत बहादुर खड्काले प्रदेश सरकारले रातो किताबको सट्टा खाली किताब ल्याएको बताउनुभयो । उहाँले सरकारले रातो किताबमा उल्लेख गरेका योजनाहरुले विकास र समृद्धि नभई लुट र भ्रष्टाचार बढाउने प्रस्ट पार्नुभयो । 

यस्तै बिहीबार दिउँसो तीन बजे बोलाइएको प्रदेश सभा बैठकमा समेत कांग्रेसले अवरोध सिर्जना गरेको थियो । कांग्रेसले अवरोध गरेपछि ८ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । दिउँसो ३ बजे सभामुख अर्जुनबहादुर थापाले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै टेबुल ठटाउँदै प्रतिपक्षीदलका सांसदहरुले आ आफ्नो सिटबाट उठेर मौन विरोध जनाएका थिए । 

बैठक स्थगित गर्नु अघि सभामुख थापाले आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई बजेटबारे प्रस्ट पार्न आग्रह गरे पनि प्रतिपक्षी सासंदहरुले अवरोध जारी राखेपछि असार ८ गतेसम्मका लागि बैठक स्थगित भएको हो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया