अस्पतालमा पनि फर्किएन अचेत भएका वडाध्यक्ष फर्कबहादुरकाे चेत, घर ल्याउँदा बाटाेमै मृत्यु

 असार ७, २०७६ शनिबार १८:३४:५४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - थबाङ गाउँपालिका-१ का वडाध्यक्ष फर्कबहादुर बुढा ‘उज्जल’को ६० वर्षको उमेरमा शनिबार निधन भएको छ ।

गएकाे जेठ ३० गते बिहान ब्रेन ह्यामरेजका कारण अचेत भएका अध्यक्ष बुढालाई ३१ गते उपचारका लागि काठ्माण्डौकाे अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

एक हप्तासम्म पनि केहि सुधार नआएपछि शुक्रबार चिकित्सकहरुले उपचार सम्भव नहुने निष्कर्षसहित बिदा गरिदिएपछि घर लैजाँदै गर्दा ३ बजे मुग्लिनको कुरिनटारमा निधन भएको उहाँका आफन्तजनले जानकारी दिए। उहाँको अन्तिम संस्कार भने गाउँमै गरिने बताइएको छ ।

सशस्त्र द्वन्द्वको समयमा जनमुक्ति सेनाका ‘डाक्टर’ मानिने बुढाले सीएमए पढेर लामो समय अहेवको रुपमा सरकारी जागिर समेत गर्नुभएको थियो । तर पेन्सन हुन १ वर्षमात्र बाँकी हुँदा २०५५ सालमा बुढा अहेवको जागिर छाडेर जनसेनाको डाक्टर बन्नुभएको थियो ।

माओवादी विभाजनपछि मोहन वैद्य ‘किरण’ समूह हुँदै हाल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा रहेका बुढा गत स्थानीय तहको निर्वाचनमा पार्टीको नीति विपरीत स्वतन्त्र उम्मेदवारमा निर्वाचित हुनुभएको हो ।

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया