जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
मुस्ताङ – मुस्ताङको स्याङ्बुचेमा सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको बा २ख २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेकाे बीचमा पर्ने स्याङबाेचेमा खाना खाएर तामाखोलामा काम गर्न जाने बेलामा टिप्पर दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो ।
दुर्घटनामा परि १५, १६ जना मजदुर घाइते भएकाे मुस्ताङका डीएसपी महेन्द्र खड्काले जानकारी दिनुभयाे । अहिले केही घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइँदै छ ।
त्यस्तै घाइतेहरुको उद्दारका लागि काठमाडौंबाट एयर डाइनेस्टी तथा पोखराबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङका लागि उडिसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । घटनाकाे विस्तृत विवरण अाइनसकेकाे प्रजिअ पाैडेलले जानकारी दिनुभयाे ।
तस्बिर - मुस्ताङ अावाजकाे फेसबुक पेजबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।