पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
पाल्पा - असार २९ देखि ३१ सम्म काठमाडौंमा हुन लागेको दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा पाल्पाका ३८ जना खेलाडी सहभागी हुने भएका छन् ।
प्रतियोगितामा पाल्पाका ६ डोजाङका ३८ खेलाडी प्रतिस्पर्धी रहेको पाल्पा आई. टि.एफ. तेक्वान्दो एसोसियसनका जिल्ला उपाध्यक्ष एवं अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण थापाले जानकारी दिनुभयो ।
सहभागी हुनेहरुमा बेत्थल तेक्वान्दो डोजाङ्गबाट २० जना, सगरमाथा डोजाङ्ग आर्यभञ्याङ्बाट ३ जना, मदरल्याण्ड डोजाङबाट ३, ग्राम्य डोजाङबाट १, रामपुर डोजाङबाट ३ र प्यारागन डोजाङबाट २ जना रहेका छन् ।
खेलाडीहरु बेल्ट, उमेर र तौल अनुसार प्रतिस्पर्धामा गर्ने छन् । पाल्पाबाट सहभागीमध्ये सातौं राष्ट्रिय खेलकुदको तेक्वाण्डोमा स्वर्ण पदक विजेता साजन पचभैया, कास्य पदक विजेता दान कुमार सारु पनि सहभागी हुँदैछन् ।
अन्तरराष्ट्रिय प्रतियोगिता भएकाले पनि जिल्लाका खेलाडीहरुबाट प्रतिस्पर्धा गरेर सहभागीहरुको छनौट गरिएको पाल्पा आई.टि.एफ ले जनाएको छ ।
नेपालमा ३ पटक अन्र्तराष्ट्रिय दक्षिया एसियाली प्रतियोगिता र एक पटक एसियाली प्रतियोगिता सम्पन्न भैसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।