प्रधानमन्त्री रोजगार कार्यक्रम : शुक्लाफाँटामा पदमार्ग निर्माण

 असार ११, २०७६ बुधबार १२:१८:४७ | रासस

कञ्चनपुर – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – ८ मा पर्यटकीय क्षेत्र बतासे झरनामा पदमार्ग निर्माण शुरु गरिएको छ ।

आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको बतासे झरना पुग्ने कामका लागि कार्यक्रम अन्र्तगत २४ जनालाई काम दिइएको हो । 

झर्ना पुग्ने ठाउँमा पुग्ने पैदलयात्रुको आवागमनलाई सहज बनाउन ढुङ्गाको सिँढी बनाउने र बाटोमा रहेका ढुङ्गालाई पन्छाई व्यवस्थित पर्ने काम अगाडि बढाइएको वडा नं ८ का वडाध्यक्ष बहादुरसिंह महराले जानकारी दिनुभयो ।

चुरे पर्वत शृङ्खलामा रहेको बतासे झरना आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । दुईतर्फ कडा चट्टान भएको साँघुरो ठाउँबाट झरना खस्छ । झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्न पर्यटकीय क्षेत्रमा पर्यटक पुग्ने गर्छन् ।

कार्यक्रमअन्तर्गत रोजगारका लागि पदमार्ग निर्माणमा जुटेका व्यक्तिलाई ३० दिनसम्म रोजगारी दिइनेछ, उहाँले वडाअध्यक्ष बहादुरसिंहले भन्नुभयो, दिनको  ५१७ रुपैयाँका दरले ज्याला दिइनेछ ।’

जसका लागि वडा कार्यालयमा तीन लाख ७२ हजार २४० रुपैयाँ रकम पठाइएको छ ।  पदमार्ग दुई हजार ६०० मिटर लम्बाइ र डेढ मिटर चौडाइको निर्माण हुनेछ।

पदमार्ग धारापानी शुक्लाताल, बेलगडा हुँदै बतासे झरनासम्म पु¥याउने वडा कार्यालयको योजना छ । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकामा चालू आवमा ३० दिनका लागि २०३ जनाले रोजगारी पाएका छन् ।

रोजगारीमा संलग्नलाई पदमार्ग निर्माण, सडक मर्मतसम्भार, सरसफाइ प्रवद्र्धन र सामुदायिक विद्यालयका भवन मर्मतमा खटाइएको नगरपालिकाका रोजगार संयोजक कृष्णप्रसाद भट्टले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकामा पाँच हजार ४२४ ले रोजगारीका लागि निवेदन दिएका छन् । कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया