बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
सर्लाही – बरहथवा नगरपालिकाकाे हजारियामा ६ बिघा १४ कठ्ठा जग्जा ‘भू-माफिया’ले कब्जा गरेपछि त्यसको विरोधमा स्थानीय बासिन्दाले चार वटा सरकारी कार्यालयमा तालाबन्दी गरेका छन् ।
जग्गा कब्जाको विरोधमा स्थानीयले बरहथवाको नगरपालिका कार्यालय, मालपोत कार्यालय नापी कार्यालय र बरहथवा नगरपालिका-४ को कार्यालयमा तालाबन्दी गरेका हुन् । बरहथवा नगरपालिका-४ का वडाध्यक्ष लखन्द्र महतोले स्थानीय जागदेव महतोलाई सरकारी स्वामित्वको जग्गा पास गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।
स्थानीयले महतोलाई सिफारिस गरेको सर्वजनिक जग्गाको दर्ता खारेज नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । हजारियाको खैराख गाउँमा रहेको ६ बिघा १४ कठ्ठा जग्गा स्थानीयले वर्षौदेखि जोतभोग गर्दै आएको र अहिले एकाएक अर्कोको नाममा लालपुर्जा बनेपछि त्यसको विरुद्धमा स्थानीयले तालाबन्दी गरेको बरहथवा नगरपालिका-२ का वडा अध्यक्ष यज्ञबहादुर खड्काले जानकारी दिनुभयो ।
सार्वजनिक जग्गालाई व्यक्तिको नाममा सिफारिस गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने वडा-४ का स्थानीय कुल बहादुर कार्कीले बताउनुभयो । पहिलेको हजारिया गाविस ७ र हालको बरहथवा नगरपालिका ४ खैरामा रहेको सार्वजनिक जग्गा स्थानीय जनप्रतिनिधि, मालपोत कार्यालय, नापी कार्यालय र वडा-४ कार्यालयको मिलोमतोमा भू-माफियाहरुको नाममा जग्गा दर्ता गरिएको स्थानीयले दावी गरेका छन् ।
विसं २०६२ मा किता नं. ३२८ र ३१४ को जग्गा जगदेव महतोको नाममा लालपुर्जा बनिसकेकाले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफूले खारेज गर्न पनि नसक्ने मालपोत कार्यालय बरहथवाका प्रमुख बिन्देश्वर महतोले बताउनुभयो । त्यस्तै वडा-४ का अध्यक्ष लखेन्द्र महतोले जगदेव महतोलाइ कुनै किसिमको जग्गासम्बन्धी सिफारिस नगरेको दावी गर्नुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।